इजरायलबाट थप १९ नेपालीको उद्धार
खबर एक्सप्रेस
२०८०-०६-३० १२:५५ मा प्रकाशित
Total Shares: 201
काठमाडौं-इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विमानमार्फत् उनीहरूको उद्धार गरिएको हाे ।
परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ’ उनले भने ।
सरकारले यसअघि इजरायलबाट २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।
उद्धार गरिएका नेपाली नागरिकहरू
- नन्दसिंह भुल
- सुजेन्द्र खड्का
- प्रतिभा रौनियार
- अनुमा डंगोल
- हिना खाँण
- आतिस गुरुङ
- जुनु गुरुङ
- मौसमी पाख्रिन
- प्रतिमा तिम्सिना
- राजकुमार मानन्धर
- संगीता दुलाल
- उर्मिला रावल
- ममता थापा
- दिलकुमारी अधिकारी कार्की
- निश्चल श्रेष्ठ
- समिता बस्नेत
- अम्बिका सुवेदी
- सिरता गुरुङ
- उर्मिला श्रेष्ठ
फेसबुक पेज Like गर्नुहोस