काठमाडौं - टिभी टुडे टेलिभिजनमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना बीमा नेपाल इन्स्योरेन्समा गरेको छ । 

टिभी टुडे नेटवर्क प्रा.लिका अध्यक्ष जनकराज पन्त र नेपाल इन्स्योरेन्सका नायव महाप्रवन्धक बिक्रान्त पाण्डे बीच सम्झौता भएर नेपाल इन्स्योरेन्समा बीमा गर्ने सहमति  भएको हो ।

टेलिभिजनमा कार्यरत सम्पूर्ण कर्मचारीहरु ड्राइभर, सुरक्षा गार्ड   सबैको जोखिमलाई ध्यान  दिएर बीमा गरेको टेलिभिजनका अध्यक्ष पन्तले बताए ।

नेपाल इन्स्योरेन्स नेपालको पहिलो निर्जीवन बीमा कम्पनी हो । कम्पनीका नायव महाप्रवन्धक बिक्रान्त पाण्डेले बीमा प्रति मानिसहरुको आकर्षण बढदै गएको र सबै नागरिकले अनिवार्य रुपमा बीमा गरे जोखिम बीमाले बहन गर्ने बताए ।