काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०८१ मा याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउने बताएका छन् ।
शुक्रबार बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘मेलम्चीको सुरुङ बनिसकेको छ, याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउन गाह्रो छैन, ०८१ सालभित्र ल्याउँछौँ,’ ओलीले भने ।

.gif)


