माधव पक्ष संसदीय दलको बैठकमा जाने
खबर एक्सप्रेस
२०७७-१२-१३ ०२:३२ मा प्रकाशित
Total Shares: 355
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल पक्ष संसदीय दलको बैठकमा जाने भएको छ ।
प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् ।
त्यसअघि कलंकीमा बसेको नेपाल पक्षको केन्द्रिय कमिटी बैठकले संसदीय दलको बैठकमा पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस