काठमाडौं,एजेन्सी - भारतीय वरिष्ठ गीतकार जावेद अख्तरले निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म एनिमलको व्यावसायिक सफलतालाई समाजका लागि 'खतरनाक' प्रवृत्तिको रूपमा वर्णन गरेका छन्।

महाराष्ट्रको औरंगाबादमा आयोजित एक कार्यक्रममा जावेद अख्तरले यस फिल्मको नाम नलिई विचलित दृश्य भएको फिल्म सफल हुनु राम्रो नभएको बताए ।

उनले भने, ‘आजको समय युवा चलचित्रकर्मीका लागि परिक्षाको समय हो भन्ने विश्वास छ, उनीहरुले कस्तो खालको चरित्र निर्माण गर्नुपर्छ जसले गर्दा समाजले कदर गरोस् ।'

अख्तरका अनुसार, "उदाहरणका लागि यदि कुनै फिल्ममा एक पुरुषले महिलालाई जुत्ता चाट्न भन्छन् वा पुरुषले महिलालाई थप्पड हान्न ठिक छ भन्छन् र त्यो फिल्म सुपर डुपर हिट भयो भने, यो राम्रो छ भन्नुपर्छ। समाजको लागि यो खतरनाक छ।"

नाम नलिई उनले फिल्म एनिमलको एउटा दृश्यतर्फ औंल्याएका हुन् । फिल्म एनिमललाई धेरै आपत्तिजनक र हिंसात्मक दृश्यहरूका लागि आलोचना गरिएको छ र यसलाई महिला विरोधी भनिएको छ।

आलोचनाका बाबजुद पनि यो फिल्मले कमाईका हिसाबले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ । हालसम्म यसले विश्वभर ९०० करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।