काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै पहिले फिल्डिङ रोजेका हुन् ।
तेस्रो संस्करणको एनपीएलअन्तर्गत जनकपुर र कर्णालीबीचको खेल केहीबेरमा सुरु हुँदैछ ।
एनपीएलमा आज चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ भने सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो।

.gif)


