काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ८ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।