काठमाडौं - नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको हो।

सभापति शेरबहादुर देउवा आन्दोलनकारीको आक्रमणमा परेर उपचाररत रहेकाले उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसेको हो । यसअघि कांग्रेस कार्यसम्पादन समितिको बैठक खड्काकै अध्यक्षतामा भर्चुअलरुपमा बसेको थियो।

प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ मा देउवा दम्पतीमाथि निवासमै आक्रमण भएको थियो।

आन्दोलनका क्रममा नेपाली कांग्रेसका अधिकांश कार्यालय र शीर्ष नेताहरूका घरमा समेत आगजनी भएको थियो।