काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २९४  जनाको स्वाब परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १३३ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।  यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४४८  पुगेको छ ।