जग्गा कित्ताकाट खुल्यो
खबर एक्सप्रेस
२०७७-०५-२२ ०१:५३ मा प्रकाशित
Total Shares: 675
काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार जग्गा कित्ताकट खुल्ला गरेको हो ।
मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको जनाएको छ ।
हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको सो मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस