काठमाडौं - परराष्ट्र मन्त्रालयका सचिवमा लभरत पौडे नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो।

सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन् । यसअघिका परराष्ट्र सचिव शंकरदास बैरागीलाई सरकारले मूख्य सचिव बनाएसँगै पद रिक्त थियो । त्यसपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए।

पौडेल पाकिस्तानका लागि पूर्व राजदूतसमेत हुन् ।