धनगढीमा आज नेकपाको शक्ति प्रर्दशन, प्रचण्ड-माधवले सम्बोधन गर्ने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले आज धनगढीमा आफ्नो शक्ति प्रर्दशन गर्दैछ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले शक्ति प्रर्दशनसँगै शनिबार विरोधसभा आयोजना गरेको छ । विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका शिर्ष नेताले सम्बोधन गर्नेछन् ।
विरोधसभा सुरु हुनु अघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट र्याली निकालिने बताइएको छ । त्यसपछि दिउँसो १ बजे धनगढीको खुलामञ्चमा जनसभा हुनेछ । यो पक्षले शुक्रवार विराटनगरमा पनि विरोधसभा गरेको थियो ।
आज विरोधसभालाई लक्षित गरी कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभामा ५० हजारको जनसहभागिता हुने दाबी छ।
फेसबुक पेज Like गर्नुहोस