राष्ट्रपति भण्डारीले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश,नयाँ पार्टी खोल्न बाटो खुल्ला
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकाे राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै राजनीतिक दल विभाजन गर्न वा नयाँ दल खोल्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश ल्याएको थियो। याेसँगै नयाँ पार्टी खोल्न बाटो खुल्ला भएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) मा अहिले किचलो छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ पार्टी खोल्ने आन्तरिक तयारीमा छन् ।
फेसबुक पेज Like गर्नुहोस