काठमाडौं - देशभर प्याराग्लाइडिङ उडान बन्द भएको छ। नागरिक उड्डयन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको हो।
प्राधिकरणबाट अर्को सूचना जारी नभएसम्म आजैका मितिदेखि प्याराग्लाइडिङ देशैभर बन्द गराउन निर्देशन दिएको हो। नवौँ राष्ट्रिय खेलका क्रममा पोखरामा प्याराग्लाइइडिङ गर्दै गर्दा एकजना खेलाडीको मृत्यु भएपछि प्राधिकरणले प्याराग्लाइडिङ बन्द गर्न निर्देशन दिएको हो।
प्याराग्लाइडिङतर्फ भाग लिएका एक खेलाडीको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो। प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो। पोखरा– १० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको हो।

.gif)



