काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवामा आएको बाढीबारे प्रतिनिधिसभामा जानकारी गराउने भएका छन्

त्यसका लागि आजको प्रतिनिधिसभा बैठक छोटो बनाउने तयारी भइरहेको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा आकस्मिक समय राखेर सांसदहरूलाई रसुवा बाढीलगायतका विषयमा धारणा राख्न दिने र त्यसपछि गृहमन्त्री गुरुङले सांसदका प्रश्न तथा बाढीबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउने तयारी गरिएको हो।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बैठकलाई संक्षिप्त बनाउने विषयमा छलफल भइरहेको छ।

यसअघि आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने कार्यसूची तय गरिएको थियो। त्यस्तै, प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ पेस गर्ने सम्भावित कार्यसूचीसमेत थियो।