काठमाडौं - बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सूरु भएको बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्नेछ।  ६ महिनादेखि राष्ट्रिय सभामा एक सदस्य खाली छ।