काठमाडौं,एजेन्सी - दक्षिण भारतीय फिल्मका अभिनेता विजय देवरकोन्डा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक ट्रेलरमा विजय बक्सरको भूमिकामा देखिएका छन् । ट्रेलरमा विजयको एक्सन देख्न सकिन्छ। फिल्ममा विजयसँगै अनन्या पाण्डे र रोनित रोय मुख्य भूमिकामा छन् । साथै प्रसिद्ध बक्सर माइक टायसन पनि विशेष भूमिकामा छन् ।

फिल्ममा विजय र अनन्या दुवै एक्सन अवतारमा देखिएका छन् । ट्रेलरअघि नै फिल्मको पहिलो गीत ‘अक्डी पक्डी’ रिलिज भएको थियो । गीतमा विजय र अनन्याको रोमान्टिक ‘मुभ’ देख्न सकिन्छ ।

पूरी जगत्राथ र निरमाद्वारा निर्देशित फिल्म अगस्ट २५ मा प्रदर्शन हुने भएको छ । फिल्मलाई हिन्दी, तेलगु, तमिल, कन्नड र मलयालम भाषमा प्रर्दशन गर्न लागिएको हो । यो फिल्मबाट विजयले बलिउडमा डेब्यु गर्दैछन् भने अनन्याको पहिलो बहुभाषी फिल्म हो ।