वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ
खबर एक्सप्रेस
२०७७-०६-०१ ०४:४४ मा प्रकाशित
Total Shares: 366
काठमाडौं - नेकपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई विहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेसँगै उनले सपथ लिएका हुन् । गौतमलाई विहीबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस