काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान १० बजे शुरु भएको प्रत्यारोपण शल्यक्रिया झण्डै पाँच घण्टा लागेको थियो ।

प्रत्यारोपण पश्चात अस्पतालले पत्रकार सम्मेलन गरी नयाँ मिर्गौलाले काम गर्न थालिसकेको र स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको जनाएको छ ।

अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले सबै मुख्य सूचाकांकहरु राम्रो अवस्थामा रहेको र हाल प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिईएको जानकारी दिए ।

यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा सग्रौंलाको समेत स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा। खड्काले बताए । प्रा। डा। प्रेमराज ज्ञवालीको नेतृत्वले गरेको प्रत्यारोपणमा डा। उत्तम कुमार शर्मा र भारतीय चिकित्सकद्वय प्रा डा। अनन्त कुमार र डा दिनेश खुल्लर लगायत रहेको अस्पताले जनाएको छ ।

यस्तै डा. दिव्या सिंह, डा। महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली पनि प्रत्यारोपणमा सहभागी रहेका थिए । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा। अनिल श्रेष्ठ र प्रा डा। सुवास आचार्यको टोली रहेको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य अवस्था रहेमा १० दिनपछि अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको यो दास्रो मिर्गौला प्रत्यारोपण हो । यसअघि वि।स। २०६४ सालमा भारतको एपोलो अस्पतालमा उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।