तीर्थयात्री बोकेको माइक्रो दुर्घटना : ७ जनाको मृत्यु, ८ घाइते
गोरखा - मनकामना मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ।
शनिबार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारनजिकै सडकबाट तल खसेर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार माइक्रो बसमा १४ जना तीर्थयात्री सवार थिए। दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको छ।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले तत्काल उद्धार कार्य सुरु गरेका थिए। दुर्घटनामा घाइते भएका ८ जनालाई सडकबाट निकालेर उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस