वर्ल्ड लिङ्कले बन्द गर्यो सामाजिक सञ्जाल
काठमाडौं - वर्ल्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ ।
वर्ल्ड लिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्महरु बन्द गरिएको जानकारी दिएको हो ।
यसअनुसार वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत् नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँदछौँ,” सूचनामा भनिएको छ ।
यद्यपी, टिकटक, भाइबर लगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने चलाउन सकिने वर्ल्ड लिङ्कले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस