सभामुखले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस
खबर एक्सप्रेस
२०७७-१०-१८ ०३:१६ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन्।
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा पठाएका कागजात सभामुखले सक्कलै फिर्ता पठाएका हुन् ।
परिषदले गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा नियुक्त गरिएको जनाएको थियो। त्यसअघि सरकारले संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।
फेसबुक पेज Like गर्नुहोस