स्वास्थ्य मन्त्रालयको निर्देशन : सबै अस्पतालले २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउनू
खबर एक्सप्रेस
२०७८-०२-२१ ०५:५८ मा प्रकाशित
Total Shares: 365
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो।
नेपालमा तेस्रो र चौथो लहर आउँदा बालबालिकाहरु उच्च जोखिममा पर्ने मन्त्रालयले जनाएको छ । सोहीकारण सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शय्या बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस