नेपाल–भारत सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अघि बढाउनुपर्छ : रवि लामिछाने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र संकीर्ण राजनीतिक दृष्टिकोणबाट होइन, साझा सभ्यता, सांस्कृतिक निकटता र आर्थिक सहकार्यको आधारमा अघि बढाउनुपर्ने बताएका छन् ।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत नेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध नभई हजारौँ वर्ष पुरानो सभ्यतागत सम्बन्ध भएको उल्लेख गरेका छन् ।
“नेपाल र भारत केवल दुई देश होइनन्, हामी प्राचीन सभ्यताका सरोकारवाला हौँ। जनकपुर र अयोध्या जोडिएपछि मात्र रामको गाथा पूरा हुन्छ, पशुपतिनाथ र केदारनाथलाई एकसाथ ल्याएपछि मात्र आस्था पूर्ण हुन्छ,” उनले लेखेका छन्।
लामिछानेले नेपाल–भारत सम्बन्धलाई अतीतका तिक्तता र अविश्वासको चस्माबाट हेर्ने प्रवृत्तिबाट बाहिर निस्कनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
उनले आफ्नो पुस्ता पुराना राजनीतिक शत्रुता वा गोप्य समझदारीको बोझबाट मुक्त रहेको उल्लेख गर्दै सम्बन्धलाई पारदर्शिता, सम्मान र साझा हितका आधारमा पुनर्परिभाषित गर्नुपर्ने बताएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस