काठमाडौं - एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको स्टाइपेन्डमा एकरूपता कायम गर्नुपर्ने लगायतका माग राख्दै आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच पाँचबुँदे सहमति भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा सरकारी वार्ता टोली र ‘एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान’ का प्रतिनिधि हरिजनबीच भएको वार्तापछि सहमति जुटेको हो । सहमतिपछि सरकारी वार्ता टोलीले हरिजनलाई जुस खुवाएर अनसन तोडाएको थियो।

.gif)


