काठमाडौं - सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको चैत ३० गते बसेको बैठकले सिइओमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सिइओ न्यौपानेलाई बैशाख २ गतेदेखि लागु हुने गरी  आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको छ ।

सञ्चालक समितिले न्यौपानेसंग प्रत्येक बर्ष लाभांश दिने सम्झौता गरेको छ । सेन्चुरी बैंकका लगानी कर्ताहरुले हालसम्म राम्रोसँग लाभांश नपाएको अबस्थामा न्यौपानेले भने आर्थिक बर्ष ०७८/८९ मा ११ प्रतिशत ७९/८० मा १२ प्रतिशत ८०/८१ मा १३ प्रतिशत र ८१/८२ मा १४ प्रतिशत लाभांश दिने गरि सम्झौता गरेका छन्, भने  हरेक छ महिनामा कार्य सम्पादन मुल्यांकन गर्ने गरी करार सम्झौता भएको छ । यस्तो साहसिक निर्णय गर्ने सिइओ बैंककिङ क्षेत्रमा कमै मात्र  देखिन्छ । 

आगामी बर्ष भने बैंकले ११ प्रतिशत भन्दा माथी लाभांश दिने पक्का भएको छ किनकि बैंकमा भएको करिब ४० करोड खराब कर्जा उठेको छ भने त्यसपछिका बर्षहरुमा लक्ष्य अनुसारको लाभांश दिन सक्ने नसक्ने भने अबको कामले देखाउनेछ ।

न्यौपानेलाई चुनौती पनि त्यतिकै रहेको छ संचालक समिति र व्यवस्थापनमा आआफ्नो स्वार्थ भएका व्यक्तिहरू छन् । त्यसलाई मिलाएर लैजान पनि कठिन छ, न्यौपानेसंग राम्रो टिम छैन उनलाई राम्रो टिमको आवश्यकता छ भने न्यौपानेलाई  संचालक समितिले राम्ररी सहयोग गर्ने र उनलेे भने अनुसार काम गर्ने टिम भएमा  संचालक समितिसंग सम्झौता गरे भन्दा बढी काम गर्न सक्ने क्षमता न्यौपानेमा छ ।