निलम्बित प्रधानन्यायाधी चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित
खबर एक्सप्रेस
२०७९-०६-०१ ०८:५९ मा प्रकाशित
Total Shares: 160
काठमाडौं - निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित भएको छ ।
शनिवार राति बसेको ११ सदस्यीय समितिको बैठकले सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् । महाभियोगको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीका सदस्यले हस्ताक्षर गरेका छन् ।
नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस