काठमाडौं र ललितपुरका यी ठाउँमा भोलि दिउँसो बिजुली काटिने
खबर एक्सप्रेस
२०८०-०४-०५ १०:०३ मा प्रकाशित
Total Shares: 113
काठमाडौं-भोलि शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानहरुमा ८ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले भोलिलाई विद्युत आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
निम्न स्थानहरूमा बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ४ सम्म बिजुली बन्द हुने प्राधिकरणले सूचनामार्फत् जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस