काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जाँदै छन् । 

कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली सोमबार त्यसतर्फ जान लागेको स्रोतले बताएको छ ।  प्रधानमन्त्री ओली काठमाडौंबाट धनगढीसम्म जहाजमा जाने र त्यहाँबाट हेलिकप्टरमा कञ्चनपुर जानेछन् । बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम छ ।  

प्रधानमन्त्री ओली कञ्चनपुर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌।