काँग्रेस पदाधिकारी बैठक जारी, अविश्वासको प्रस्तावबारे स्पष्ट धारणा बनाउने
खबर एक्सप्रेस
२०७७-१२-०९ ०५:०९ मा प्रकाशित
Total Shares: 351
काठमाडौं - नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक जारी रहेको एक नेताले जानकारी दिए ।
आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल हुने बताइएको छ । मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै छलफल गर्न लागिएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन दबाबमा परेको कांग्रेसले सरकारको विषयमा स्पष्ट धारणा बनाउने ती नेताले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस