प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सुनुवाई हुँदै
खबर एक्सप्रेस
२०७७-१२-२० १२:३३ मा प्रकाशित
Total Shares: 338
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेको छ।
प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको बेला सो विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको मुद्दामा शुक्रबार पेशी तोकिएको हो ।
न्यायाधीशहरु इश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासमा सो मुद्दा पेशी तोकिएको छ । मुद्धामा आजै सुनुवाई हुने सम्भावना रहेको छ ।
अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले गत माघ १३ गतेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्धा दर्ता गराएका थिए । ओलीले इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनी टिप्पणी गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस