साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै
खबर एक्सप्रेस
२०७७-०४-२६ ०१:३० मा प्रकाशित
Total Shares: 331
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन्।
उक्त बैठकले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडानको समयावधि थपका विषयमा निर्णय गर्न सक्ने एक मन्त्रीले बताए।
आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमणका विषयमा समीक्षा गरी मन्त्रिपरिषदमा पेश गर्न प्रस्ताव तयार गरेको थियो। उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश भएपछि छलफल गरेरमात्रै निर्णय हुने बताइएको छ ।
यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस