सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय
खबर एक्सप्रेस
२०८०-०१-१२ ०६:१६ मा प्रकाशित
Total Shares: 75
काठमाडौं - सरकारले काठमाडौं-तराईरमधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए।
उनले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको बताउनुभयो । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौल सम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बताए ।
मन्त्री ज्वालाले जग्गा कित्ता काट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस