काठमाडौंं - नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ३१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।  

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ७० हजार ६१४ जना पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म ५१ हजार ८६६ जना उपचारपछि निको भएका छन् ।