काडमाडौं - नेपाली सेनाका एक सहायक रथी यौन दुर्व्यवहारको आरोपमा बर्खास्तीमा परेका छन् ।
संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई बर्खास्त गरिएको हो ।
कार्कीमाथि संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा र फर्किएपछि बाहिनीमा पनि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले दुर्व्यवहार गरेको पुष्टि गरेको थियो । त्यसपछि कार्कीलाई बर्खास्त गरिएको हो ।
यस्तै, उक्त प्रकरणमा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् । ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनशाय देखिएको बताइएको छ ।

.gif)



