काठमाडौं - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर प्रदर्शन भएको छ। 

एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन भएको हो । उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए । पाँच प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।