एमालेको संशोधित विधान केन्द्रीय कमिटीबाट अनुमोदन
काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीले संसदीय दलको बैठकले पारित गरेको विधान अनुमोदन गरेको हो ।
प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको नेकपा विधान संशोधन कमिटीले संसदीय दलको विधान प्रस्तुत गरेको थियो । उक्त प्रस्तावमाथि शनिबार बिहान बसेको बैठकबाट सुझाव पेश गर्दै पारित गरिएको थियो ।
यस्तै, बैठकले बैशाख ९ गतेको दिन मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय भएको छ । पार्टी कार्यालयको शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवालयले गर्ने छ ।
फेसबुक पेज Like गर्नुहोस