काठमाडौं, तेह्रथुम - तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले आत्महत्या गरेका छन् ।

समितिको बैठक बोलाएर सम्पर्कविहीन भएका उनलाई एकैचोटि झुन्डिएको अवस्थामा भेटिएको थियो ।

बिहान १०ः०० बजे खाना खाएर बैठक बस्‍न भनी घरबाट निस्किएका इङ्नाम अपरान्ह २ः०० बजेसम्म पनि बैठकमा उपस्थित नभएपछि खोजी गर्न स्थानीयवासी निस्किएका थिए ।

खोजीका क्रममा उनकै घरनजिकैको महाभिर भन्‍ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए ।

घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि आज साँझ ७ः३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।