उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई २/२ वर्ष जेल
काठमाडौं - जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई निर्घात कुटपिट गर्ने नेविसंघका ६ कार्यकर्तालाई जनही २ वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश विनोद खतिवडाको इजलासले ६ जनालाई कैद र जरिवाना गरेको साथै १ जनालाई सफाइ दिएको हो। ६ जनालाई २० हजार जरिवाना साथै उपचारमा लागेको २८ लाख रुपैयाँ दामासी भराउन आदेश भएको जिल्ला अदालत काठमाडौँले जनायो।
जिल्ला अदालतले नेविसंघका कार्यकर्ताहरु हरि आचार्य, योगेन्द्र रावल, सयुज श्रेष्ठ, निरज रानामगरलाई दुई वर्ष कैद सजाय गरेको हो। दिपक ओझालाई भने सफाइ दिएको छ।
प्रेम चलाउनेमाथि २०७७ साल असोजमा विश्वविद्यालय परिसरमै नेविसंघका कार्यकर्ताले लुकेर आक्रमण गरेका थिए।
आक्रमण गर्नेमाथि लागेको आरोप मन्त्रिपरिषदले फिर्ता लिने निर्णय गरे पनि सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएको थियो।
गत जेठ ३० गतेको मन्त्रिपरिषदले गरेको मुद्दा फिर्ता लिने निर्णयलाई सर्वोच्चले असार ७ गते कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। मुद्दा फिर्ता लिन अग्रसरता कानुन मन्त्री धनराज गुरुङले लिएका थिए।

.gif)


फेसबुक पेज Like गर्नुहोस