एसईई परीक्षार्थीको तामाकोसीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गयो
खबर एक्सप्रेस
२०८१-१२-०६ ०८:३९ मा प्रकाशित
Total Shares: 122
दोलखा - एसइई परीक्षा दिएर तामाकोशीमा पौडी खेल्न गएका एक जना विद्यार्थीको डुबेर ज्यान गएको छ ।
दोलखाको विगु गाउँपालिका–२ ओराङका १७ वर्षीय प्रविण तामाङको डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक दाताराम अधिकारीले बताए ।
ओराङको देउलाङग्श्वरी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिन विगु–१ जगतको गौरीशंकर माध्यमिक विद्यालयमा आएका उनी बिहीबार पहिलो दिनको अनिवार्य अंग्रेजीको परीक्षा दिएर साथीहरूसँग नुहाउन तामाकोशीमा गएका थिए ।
पौडी खेल्ने क्रममा तामाकोशीमा डुबेपछि उद्धारका लागि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । मृतक तामाङ एसईई परीक्षाका लागि जगतमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस