काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्‍ता नारायणकाजी श्रेष्‍ठले नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन् ।

बुधबार सामाजिक सञ्‍जालमार्फत प्रवक्‍ता श्रेष्‍ठले देश गम्भिर संकटबाट गुज्रँदै गएको उल्लेख गर्दै नेपालमा पुनः वैदेशिक हस्‍तक्षेप बढेको बताएका हुन् । सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुले बिदेशी शक्तिलाई आमन्त्रण गर्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको उनको भनाई छ ।

‘देश गम्भिर संकटबाट गुज्रदैछ।संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन ,पुनस् वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।’ उनले भनेका छन्, ‘सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ। बिदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म ब्यबस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्।’

उनले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सम्पुर्ण शक्ति एकजुट हुन पनि आग्रह गरेका छन् । उनले भनेका छन्,‘सम्पुर्ण देशभक्त शक्तिहरु एक होऔं ।प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं ।’