एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान संशोधनमा छलफल हुने
खबर एक्सप्रेस
२०८२-०४-०६ ०७:४५ मा प्रकाशित
Total Shares: 103
काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी सचिवालय र पोलिट्ब्युरो बैठकपछि आज एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा ११ बजेबाट सुरु हुनेछ । बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ । संशोधन प्रस्तावामा ७० वर्षे उमेर हद हटाउने र दुई कार्यकालको व्यवस्था हटाउने लगायत छन् ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
संशोधन प्रस्तावमा एमालेमा पदेनसहित ३५५ जना केन्द्रीय सदस्य छन् । उनीहरूले संशोधन प्रस्तावमा आआफ्नो धारणा राख्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस