बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल जारी
खबर एक्सप्रेस
२०७८-०२-१६ ११:०४ मा प्रकाशित
Total Shares: 423
काठमाडौं - कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल भइरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध रणनीति बनाउनको लागि छलफल भइरहेको हो ।
जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकारका विरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्ने बारे छलफल भइरहेको स्रोतको भनाई छ । बैठक बिहान सवा ९ बजेबाट शुरु भएको हो ।
बैठकमा कांग्रेसबाट देउवाका साथै रामचन्द्र पौडेल, ज्ञानेन्द्रवहादुर कार्की, एमालेबाट माधवकुमार नेपाल र भीम रावल, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, कृष्णवहादुर महरा तथा देव गुरुङ साथै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस