काठमाडौं - अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सिभिल बैंक खाता ‘खल्ती’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि रु १०० बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन्।

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ गराउन पर्नेछ। केही सेकेण्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको  सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समयलाई कम गर्न ल्याइएको हो।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ। रु १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागू हुनेछ।

सिभिल  बैंक खाता ‘खल्ती’मा लिङ्क गर्न, प्रयोगकर्ताहरूले निम्न कुराहरू गर्नुपर्छ-

खल्तीको होमस्क्रिनमा रहेको लिंक बैंक एमाउन्टमा ट्याप गर्ने 

त्यहाँ लिंक बैंक टु खल्तीमा ट्याप गर्नुहोस् 

सिभिल  बैंक छानी बैंक खाता नम्बर हाल्नुहोस् र सब्मिटमा ट्याप गर्नुहोस् 

जानकारी ठिक छ भने ‘लिंक बैंक’ मा ट्याप गर्नुहोस् 

आफ्नो मोबाइलमा प्राप्त गर्नुभएको ओटिपी (भेरिफिकेसन कोड) भर्नुहोस् र भेरिफाइमा ट्याप गर्नुहोस्

तपाईंको ‘खल्ती’बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ। 

यस लगायत ‘खल्ती’ मा थप १८ बैंक को खाता लिंक गर्न सकिन्छ।  

खल्ती

२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ। खल्ती वालेटको प्रयोग गरी ६०ं बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।