काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४५२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । 

मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख २६ हजार ३४३ र एन्टिजेनबाट २८ हजार १२७ जना पुगेको छ । 

यस्तै, आज थप ४९५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । निको हुनेको दर ९०.२ प्रतिशत छ । 

आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ८१३ पुगेको छ ।