कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला
खबर एक्सप्रेस
२०८२-०३-०६ ११:१७ मा प्रकाशित
Total Shares: 112
काठमाडौं-कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् ।
स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् ।
नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस