नेपालको सहमतिबिनै लिपुलेक प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोखरेल
काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै यसमा आफूहरूको सहमतिबिना कुनै देशले केही गर्न नपाउने बताएका छन्
नेपालको सहमतिबिनै चीन र भारतले लिपुलेकलाई दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गर्नु अनुचित भएको उनले बताए।
उनले भने- ‘आज दाङको घोराहीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमतिबिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन्। नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ। नेपालको सहमति र सहभागिताबिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ।’
पोखरेलले सुगौली सन्धि सन् १८१६ तिरको सीमा नै वास्तविक भएकाले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको जिकिर गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस