आज थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु
खबर एक्सप्रेस
२०७९-०४-३० ०४:१८ मा प्रकाशित
Total Shares: 342
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ तथा एन्टिजेन विधिबाट ४६१ जनामा गरी ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस