काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । आज २७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ४ सय नाघेको हो । जसमध्ये ३ सय ४० पुरुष र ६२ महिला छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रबक्ता डा। विकास देवकोटाले २४ जना पुरुष र ३ जना महिलामा आज संक्रमण पुष्टी भएको जानकारी दिए ।

उनका अनुसार झापाका ९, कपिलवस्तुका ४, काठमाडौंको ३, सर्लाहीका २ तथा मोरङ, सुनसरी, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली, नवलपरासी र लम्जुङमा १र१ जनामा संक्रमण पुष्टी भएको हो । 

उनीहरुको स्थायी ठेगाना र हाल बसिरहेको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रेसिङकार्य काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुरु गरिसकेको डा। देवकोटाले जानकारी दिए । सिन्धुलीमा पहिलोपटक संक्रमित फेला परेसंगै संक्रमण देखिएको जिल्लाको संख्या ३६ पुगेको छ । 

हालसम्म प्रदेश १ मा ५४, २ मा १ सय ३६ बागमतीमा २७, गण्डकीमा ४, प्रदेश ५ मा १ सय ७६, कर्णालीमा १ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको हो ।  संक्रमित मध्ये ३७ जनामा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका छन् ।