मौसम : आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने
खबर एक्सप्रेस
२०७७-०२-११ ११:११ मा प्रकाशित
Total Shares: 367
काठमाडौं - आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मध्य र पश्चिमको पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी परे पनि धेरै ठाउँको मौसम सफा हुने देखिएको छ ।
मौसम खुलेसँगै देशभरी कै तापक्रम बढ्ने उनले बताए । यस्तै अब पश्चिममा बिस्तारै तातो हावा चल्न थाल्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्को सुझाव छ ।
फेसबुक पेज Like गर्नुहोस